काठेखाेला-४, तंग्राम, बागलुङ

info@sungavasaccos.com.np

९८५७६३७३६९, ९८४६२८५८४२

अध्यक्षकाे भनाइ

  • २०७६ जेष्ठ ३१, शुक्रबार
  • admin

सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.
काठेखोला–४ तंग्राम, बागलुङको
चौंथो बार्षिक साधारण–सभा–२०७६
अध्यक्ष श्री गिर बहादुर पुन ज्युको मन्तव्य

सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि. काठेखोला–४ तंग्राम, बागलुङको गरिमामय पाँचौ बार्षिक साधारण सभाका प्रमुख अतिथि ज्यु, सभाका बिशिष्ट अतिथि ज्युहरु, तंग्राम स्थित बिभिन्न राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि ज्युहरु, बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था एवम कार्यालयका प्रमुख एवम प्रतिनिधि ज्युहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यपक ज्युहरु, तंग्राम स्थित बिभिन्न सहकारी संस्थाका अध्यक्ष एवम प्रवन्धक ज्युहरु, समाजका प्रतिस्थित भद्र भलाड्मी एवम समाजसेवी ब्यक्तित्व ज्युहरु, सल्लाहाकार समितिका संयोजक एवम सदस्य ज्न्युहरु, सञ्चालक समितिका सम्पुर्ण पदाधिकारी ज्युहरु, लेखा समितिका संयोजक एवम सदस्य ज्युहरु, ऋण उप–समितिका संयोजक एवम सदस्य ज्युहरु, सम्पुर्ण शेयर सदस्य ज्युहरु, संस्थाका शुभ चिन्तक पत्रकार एवम उपस्थित सम्पुर्ण आमा–वुवा दाजुभाई तथा दिदी बहिनीहरु यहाँहरु सवैमा सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.काठेखोला–४ तंग्राम, बागलुङको तर्फबाट र स्वयम मेरो ब्यक्तिगत तर्फबाट हार्दिक सहकारीमय अभिवादन ब्यक्त गर्दछु । साथै ब्यस्त समयको बावजुद पनि हाम्रो कार्यक्रममा सहभागिता जनाईदिनुभएकोमा हाम्रा सम्पुर्ण अतिथि एवम शेयर सदस्य ज्युहरु प्रति संस्थाको तर्फबाट बिशेष आभार ब्यक्त गर्दछु । त्यसैगरि हाम्रो संस्थाको उदेश्यमा हातमा हात मिलाई संगै सहयात्रा गर्ने दृढ संकल्पका साथ आवद्ध हुनुभएका सम्पुर्ण सेयर सदस्य ज्युहरु प्रति हार्दिक स्वागत गर्दै आभार ब्यक्त गर्दछु ।
एकता, मित्रता, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल उद्घोषका साथ स्थापना भएको सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज पाँचौ बर्ष पूरा गरि छैठांै वर्षममा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको यस स्वर्णिम अवसरमा सम्पूर्ण शेयर सदस्यहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । सुनगाभाको चार वर्षे अवधि निकै सुखद र प्रगति उन्मुख रह्यो । यो चार वर्षे कार्यकालमा सुनगाभाको लक्ष्य उद्देश्य प्राप्तिका लागि यहाँहरुले देखाउनु भएको अतुत माया सद्भाव सहयोग र विश्वासका लागि सम्पूर्ण शेयर सदस्यहरु प्रति हार्दिक आभार एवम कृतज्ञता समेत अर्पण गर्दछु ।
सामान्यतय सहकारीको अर्थ र परिभाषा सहकार्य हुन्छ । सहकारी भन्नाले सकेसम्म समान इच्छा आकांक्षा आवश्यकता र उद्धेश्य भएका व्यक्तिहरु आपसमा मिलि एकताको भावनाले आप्mनो आर्थिक र सामाजिक विकास लगायत समग्र विकासमा स्वयं आफुहरु नै एकजुट भइ आप्mनै लगानी र जोखिममा गरिने एकिकृत प्रयास हो । आप्mनो विकास सकेसम्म आप्mनै साधन र स्रोतको सदुपयोग गरी स्वयं आफुहरु नै मिलेर कार्य गर्नु नै सहकारी हो तर यसको अर्थ आफु बाहेक बाहिरको वाह्य स्रोतको प्रयोग नै नगर्नु भन्ने भने हैन । अतः संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रही उद्यमको माध्यमबाट आप्mना साझा आर्थिक तथा सामाजिक एवं सांस्कृतिक आवश्यकता र आकांक्षाको अभिप्राप्तिको लागि स्वइच्छाले एकतावद्ध व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । मानव जीवनका हरेक आरोह अवरोहहरुमा आर्थिक पक्षको महत्वपुर्ण भुमिका हुँदोरहेछ । हामी र हाम्रा सन्ततिहरुको भोलिका दिनहरु कस्तो हुने र कस्तो बनाउने भन्ने कुरा आर्थिकमै निर्भर हुँदोरहेछ । चाहे उच्च शिक्षा हासिल गर्न होस चाहे स्वस्थ जीवन जिउन नै किन नहोस् त चाहे प्रतिष्ठित व्यक्ति बन्न नै किन नहोस् आर्थिक नै एक महत्वपुर्ण पक्ष रहेछ । कि जो बिना हाम्रो जीवन अधुरो र अपुरो हुन्छ । यही तितो सत्यलाई सहर्ष स्वीकार गर्दै आर्थिक समृद्धि र स्वतन्त्रतासहितको जीवनयापन गर्ने र भोलिको लागि अनि सन्ततिको भविष्यको लागि केही बचत गर्ने बानीको विकास गर्नुलाई हामीले प्राथमिकतामा राख्यौ ं।
सधै सामाजिक रुपान्तरणको मात्र सपना देख्ने आँखाहरु र त्यही समाजको आर्थिक समृद्धि सहितको सभ्य समाज निर्माण गर्ने सोच बोकेका मनहरु सहितका केही हातको औलामा गन्न सकिने सिमित साथीहरुको एउटा सानो चिया गफबाट उठेको सहकारी स्थापना गर्ने सोचको परिणाम स्वरुप सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको पनि छ वर्ष पुगिसकेको छ । यो अवधिमा आजसम्म …….. जना शेयर सदस्यहरु हाम्रो सहकारीमा आवद्ध हुनु भएको छ । हामी उहाँहरुको निरन्तर सेवा प्रवाहमा आफ्नै कार्यालय स्थापना गरि निरन्तर रुपमा लागि परिरहेका छौ । सुनगाभाले यहाँहरुको कति माग सम्बोधन गर्यो यो यहाँहरुले नै मुल्याङकन गर्ने विषय हो । यहाँहरुको सहभागिता र संस्थाप्रति देखाउनु भएको माया, विश्वास र संस्थाको कारोवारको आधारमा भन्नुपर्दा हामी यत्ति भन्न सक्छौ कि हामी हाम्रो उदेश्य र लक्ष्य अनुरुप सफल भएका छौ । यहाँहरुको साथ सहयोग र सल्लाह सुझावकै कारण आज हामी यो स्थानमा आइपुग्न सफल भएका हौ । यहाँहरु बाट यो साथ सहयोग अनन्त र अनवरत रहिरहने विश्वासका साथ स्थापना देखि हाल सम्म संस्था सञ्चालन र व्यवस्थापनमा जसले जहाँबाट जे जे सहयोग गर्नु भएको छ सबै सबैलाई एकमुष्ट रुपमा हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद जय सुनगाभा, जय सहकारी ।

…………………
गिर बहादुर पुन (अध्यक्ष)
सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.
कठेखोला–४ तंग्राम,बागलुङ

Share:

© सुनगाभा सहकार All rights reserved

Site designed and maintained by Code Logic Technologies Pvt.Ltd.