एकता, मित्रता, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल उद्घोषका साथ स्थापना भएको सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज पाँचौ बर्ष पूरा गरि छैठांै वर्षममा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको यस स्वर्णिम अवसरमा सम्पूर्ण शेयर सदस्यहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । सुनगाभाको चार वर्षे अवधि निकै सुखद र प्रगति उन्मुख रह्यो । यो चार वर्षे कार्यकालमा सुनगाभाको लक्ष्य उद्देश्य प्राप्तिका लागि यहाँहरुले देखाउनु भएको अतुत माया सद्भाव सहयोग र विश्वासका लागि सम्पूर्ण शेयर सदस्यहरु प्रति हार्दिक आभार एवम कृतज्ञता समेत अर्पण गर्दछु ।
सामान्यतय सहकारीको अर्थ र परिभाषा सहकार्य हुन्छ । सहकारी भन्नाले सकेसम्म समान इच्छा आकांक्षा आवश्यकता र उद्धेश्य भएका व्यक्तिहरु आपसमा मिलि एकताको भावनाले आफ्नो आर्थिक र सामाजिक विकास लगायत समग्र विकासमा स्वयं आफुहरु नै एकजुट भइ आप्mनै लगानी र जोखिममा गरिने एकिकृत प्रयास हो । आप्mनो विकास सकेसम्म आफ्नो साधन र स्रोतको सदुपयोग गरी स्वयं आफुहरु नै मिलेर कार्य गर्नु नै सहकारी हो तर यसको अर्थ आफु बाहेक बाहिरको वाह्य स्रोतको प्रयोग नै नगर्नु भन्ने भने हैन । अतः संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रही उद्यमको माध्यमबाट आप्mना साझा आर्थिक तथा सामाजिक एवं सांस्कृतिक आवश्यकता र आकांक्षाको अभिप्राप्तिको लागि स्वइच्छाले एकतावद्ध व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । मानव जीवनका हरेक आरोह अवरोहहरुमा आर्थिक पक्षको महत्वपुर्ण भुमिका हुँदोरहेछ । हामी र हाम्रा सन्ततिहरुको भोलिका दिनहरु कस्तो हुने र कस्तो बनाउने भन्ने कुरा आर्थिक मै निर्भर हुँदोरहेछ । चाहे उच्च शिक्षा हासिल गर्न होस चाहे स्वस्थ जीवन जिउन नै किन नहोस् त चाहे प्रतिष्ठित व्यक्ति बन्न नै किन नहोस् आर्थिक नै एक महत्वपुर्ण पक्ष रहेछ । कि जो बिना हाम्रो जीवन अधुरो र अपुरो हुन्छ । यही तितो सत्यलाई सहर्ष स्वीकार गर्दै आर्थिक समृद्धि र स्वतन्त्रतासहितको जीवनयापन गर्ने र भोलिको लागि अनि सन्ततिको भविष्यको लागि केही बचत गर्ने बानीको विकास गर्नुलाई हामीले प्राथमिकतामा राख्यौ ं।
सधै सामाजिक रुपान्तरणको मात्र सपना देख्ने आँखाहरु र त्यही समाजको आर्थिक समृद्धि सहितको सभ्य समाज निर्माण गर्ने सोच बोकेका मनहरु सहितका केही हातको औलामा गन्न सकिने सिमित साथीहरुको एउटा सानो चिया गफबाट उठेको सहकारी स्थापना गर्ने सोचको परिणाम स्वरुप सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको पनि छ वर्ष पुगिसकेको छ । यो अवधिमा आजसम्म ७०० जना शेयर सदस्यहरु हाम्रो सहकारीमा आवद्ध हुनु भएको छ । हामी उहाँहरुको निरन्तर सेवा प्रवाहमा आफ्नै कार्यालय स्थापना गरि निरन्तर रुपमा लागि परिरहेका छौ । सुनगाभाले यहाँहरुको कति माग सम्बोधन गर्यो यो यहाँहरुले नै मुल्याङकन गर्ने विषय हो । यहाँहरुको सहभागिता र संस्थाप्रति देखाउनु भएको माया, विश्वास र संस्थाको कारोवारको आधारमा भन्नुपर्दा हामी यत्ति भन्न सक्छौ कि हामी हाम्रो उदेश्य र लक्ष्य अनुरुप सफल भएका छौ । यहाँहरुको साथ सहयोग र सल्लाह सुझावकै कारण आज हामी यो स्थानमा आइपुग्न सफल भएका हौ ।
धन्यवाद जय सुनगाभा, जय सहकारी ।
संस्थाको परिचय :
नामः सुनगाभा बचत तथा ऋण सहकारी संस्था
ठेगाना : काठेखोला ४ तंग्राम बागलुङ
स्थापना मितिः २०७० वैशाख १
दर्ता मिति : २०७१ मंसीर ११
दर्ता नं: ८४०/०७१/०७२
कार्यालय रहेको स्थानः काठेखोला ४ तंग्राम मुखियाडाँडा
सेवाकेन्द्र : १. काठेखोला गा.पा. ४ तंग्राम ठुलोगाउँ
२. काठेखोला गा.पा. ४ तंग्राम पोखरा चाँपोट
३. काठेखोला गा.पा. ३ धम्जा हिले
४. काठेखोला गा.पा. ३ धम्जा स्वाँरा
शेयर सदस्य संख्या : जम्मा ५१२ जना (साधारण सभा सम्पन्न हुँदाको मितिसम्म)
कर्मचारी संख्या : २ जना
सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.
कठेखोला–४ तंग्राम,बागलुङ
© सुनगाभा सहकार All rights reserved
Site designed and maintained by Code Logic Technologies Pvt.Ltd.